दफा ३क
आवश्यक पदार्थको उत्पादन, वितरण वा व्यापार नियन्त्रण सम्बन्धी मापदण्ड
(१) नेपाल सरकारले आवश्यक पदार्थको उत्पादन, वितरण वा व्यापारलाई नियमित वा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ।
(२) प्रदेश सरकारले दफा ३ बमोजिम आवश्यक पदार्थको उत्पादन, वितरण वा व्यापारलाई नियमित वा नियन्त्रण गर्दा उपदफा (१) बमोजिम निर्धारित मापदण्डको अधीनमा रही गर्नु पर्नेछ।”
(४) दफा ७क. मा रहेका “नेपाल सरकार वादी हुनेछ” भन्ने शब्दहरु पछि “र सो मुद्दा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१ मा परेको मानिनेछ” भन्ने शब्दहरु थपिएका छन्।
(५) दफा ८ को ठाउँ ठाउँमा रहेका “नेपाल सरकारले” भन्ने शब्दहरूको सट्टा “नेपाल सरकार वा प्रदेश सरकारले” भन्ने शब्दहरू राखिएका छन्।
(६) दफा १० मा रहेका “नेपाल सरकारबाट” भन्ने शब्दहरूको सट्टा “नेपाल सरकार वा प्रदेश सरकारबाट” भन्ने शब्दहरू राखिएका छन्।